Rule 87
क्षतिपूर्ति दिइने
(१) ऐनको दफा ३३ को उपदफा (३) तथा नियम ६६ को प्रयोजनको लागि निर्धारित दूरीमा घर जग्गा उपभोग गर्न नपाएमा त्यस्ता घर जग्गाधनीलाई नियम ८८ बमोजिम गठित क्षतिपूर्ति निर्धारण समितिले निर्धारण गरे बमोजिमको एकमुष्ट क्षतिपूर्ति रकम नेपाल सरकार वा अनुमतिपत्र प्राप्त व्यक्तिले दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइने क्षतिपूर्ति यो नियमावली प्रारम्भ भएपछि निर्माण गरिने विद्युत सम्बन्धी निर्माण कार्यको हकमा मात्र लागू हुनेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लखिएको भएतापनि देहायको अवस्थामा क्षतिपूर्ति रकम दिइने छैन ः–
(क) जग्गाधनीलाई बिजुली उपलब्ध गराउन जडान भएको सर्भिस लाइन मुनिको जग्गा भएमा,
(ख) शहरी वा ग्रामीण क्षेत्रमा घनावस्ती भई घरहरु आपसमा टाँसिइ रहेकोमा एउटा घरबाट अर्को घरमा विद्युत लाइन लैजाँदा बाटोमा पर्ने अन्य कुनै घरको भित्ताबाट मेन लाइन लगिएमा ।